२०८३ बैशाख ५ गते शनिवार

गुरुकुलमा बालबालिका सम्मेलन :बिद्यार्थिहरुको चौतर्फि बिकास गर्नु पर्नेमा प्रजिअ लम्सालको जोड



दाङ, १५ माघ।
गुरुकुल एकेडेमी घाेराहीले बालबालीका सम्मेलन तथा वार्षिक उत्सव  सम्पन्न गरेको छ। विद्यार्थीलार्ई शैक्षिक र सांस्कृतिक क्षेत्रका विभिन्न गतिविधिहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरको रूपमा कार्यक्रमकाे आयाेजना गरिएको हाे।

कार्यक्रममा विद्यालयका बालबालिकाले नृत्य, गीत,नाटक, भाषण, र अन्य सांस्कृतिक प्रस्तुतिहरूसहित शैक्षिक प्रदर्शनीमा भाग लिएका थिए।

साथै, उत्सवको अवसरमा उत्कृष्ट प्रदर्शन गरेका खेलकुदमा उत्कृष्ट भएका बालबालिकालाई पुरस्कृत पनि गरिएकाे थियाे।

गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनिएर अन्नतराज घिमिरेले कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै विद्यालयको शिक्षा क्षेत्रका महत्त्वपूर्ण योगदानको बारेमा चर्चा गनुभएको थियाे । उँहाले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बहुआयामिक विकासमा मद्दत पु¥याउने बताउनुभएको थियो । यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमीले खेलेको भुमिका निकै महत्वपुर्ण रहेको बताउनुभयो।

उँहाले विद्यार्थिहरुको क्रियाकलाप देखेर गुरुकुल एकेडेमीको शिक्षा , संस्कार र संस्कृति त्रिवेणि भन्ने मुल नारा बोकेर पुर्ण मानव बनाउने सोचका साथ संचालनमा आएको विद्यालयले लक्ष अनुरुप नै काम गरेको जिकिर गर्नुभयो।

बिद्यार्थिहरुको चौतर्फि बिकास हुन बिभिन्न कृयाकलापको आयोजना गर्नुपर्ने आबश्यक रहेको उहाँले बताउनुभयो । यसैगरी कार्यक्रममा मानव कल्यान समाजका केन्द्रिय अध्यक्ष सुमि मानवले पनि शुभकामना मन्तब्य राख्दै विद्यालयको चर्चा गर्नुभयाे । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसिले आफ्नो कविता बाचन सहित मन्तब्य राख्नुभएको थियो ।

बालबालिका सम्मेलन तथा बार्षिकोत्सवमा विद्यालयका अभिभावकहरू र समुदायका अन्य सदस्यहरूको सहभागिता रहेकाे थियाे ।

गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिको अध्यक्षता तथा मन्टेस्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिक रेशु राउतले गर्नुभएको हाे ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार