२०८३ बैशाख ५ गते शनिवार

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ज्ञान ज्योति मावि प्रथम



दाङ,१९ माघ । तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यामिक विद्यालय पिईए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजना गरिएको दाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।

जिल्लाका विभिन्न विद्यालयहरूमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूकाे सहभागितामा रहेकाे कार्यक्रममा  ५६ वटा समुहहरूलाई पछि पार्दै ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्ने छात्र दिपक कुमार राणा र लेजिङ डाँगीले प्रथम स्थान हासिल गरेका हुन ।

प्रथम स्थान हासिल गरेको ज्ञान ज्योति माध्यमिक विद्यालयले नगद १० हजार सहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गरेको विज्ञान संकाय कक्षा ११ का संयाेजक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

साथै गत महिना दाङ जिल्लामा कलेज रिडर्स काठमाडौँले सञ्चालन गरेको जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगितामा ज्ञानज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो ।

 

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार