२०८१ चैत्र ३ गते आइतवार

बाल अमृत बोर्डिङ स्कुलले मनायो १८ औं वार्षिकोत्सब



तुलसीपुर,२५ माघ ।

बाल अमृत बोर्डिङ स्कुलले १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवश मनाएको छ । तुलसीपुर उपमहानगरपालीका–१८ दुधरासमा रहेको विद्यालयले आज एक समारेहका बिच वार्षिकोत्सब मनाएको हो ।

विद्यालय व्यवस्थापन समितका अध्यक्ष ज्ञानबहादुर बस्नेतको अध्यक्षता,तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवम् प्यावसन दाङका अध्यक्ष निर्मल न्यौपानेको विशिष्ट आतिथयतामा कार्यक्रम भएको हो ।

नगर प्रमुख खड्काले वर्तमान समयमा विद्यालय तहको अध्ययन गरेर विद्यार्थीहरु उच्च शिक्षा पढ्न भन्दै विदेशीने दर बढीरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । दिद्यालय तहबाट उत्पादित जनशक्तीमा नेपालमै केही गर्नुपर्छ भन्ने भावनाको विकास नभएसम्म यो समस्या अझै बढेर जाने बताउनुभयो । विद्यार्थीहरुलाई समय सुहाँउदो शिक्षा प्रदान गरी देशमै रहने वातावरण निर्माणका लागि सबैमा आग्रहसमेत गर्नुभयो ।

नेशनल प्याव्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले विद्यालयलाई बाबालवालीका जिम्मा लगाएर मात्रै अभिभावकको दायित्व पूरा नहुने बताउनुभयो। विद्यार्थी,शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धले मात्रै शिक्षामा आमूल परिवर्तन ल्याउन सकिने भएकाले सोही अनुसार शिक्षण कृयाकलाप सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्याव्सन तुलसीपुरका नगर अध्यक्ष डम्बर डाँगी,निवर्तमान प्रधानाध्यापक मनोज केसी,अभिभावक कौशिला सुनार लगायतले बजारमा टिक्ने र बिक्ने शिक्षामा जोड दिनुपर्नेमा सुझाएका थिए । बालबालीका विद्यालयमा पठाएरमात्र अध्ययन पूरा नहुने भन्दै अभिभावकपनि चनाखो सहभागिीहरुले बताएका हुन् ।

बालबालिका काँचो माटो भएकाले उनिहरूको उत्कृष्ट आकृति बनाउन अभिभावकहरूले विशेष भुमिका वक्ताहरुको भनाई थियो । विद्यालयको वार्षिक प्रगति प्रतिबेदन प्रधानध्यापक युवराज डाँगीले पेश गर्नुभएको थियो । उहाँले चालू शैक्षिकसत्रमा ७३९ जना विद्याथीले अध्ययन गरिरहेको जानकारी दिनुभयो । संस्कारयुक्त शिक्षामा जोड दिएको विद्यालयले आधारभुत तहबाटै राष्टप्रेमका बिषयवस्तुलाई समेटेर बालबालिकालाई अध्यापन गर्ने गरिएको प्रधानाध्यापक डाँगीले बताउनुभयो।

कार्यक्रममा निजि बिद्यालयबाट कक्षा ८ को नगर स्तरिय परिक्षमा समावेश भएर तुलसीपुर प्रथम हुने विद्यार्थी युनिक डिसी लगाएत सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । यस्तै विद्यालयले विभिन्न समयमा आयोजना गरेका खेलकुद प्रतियोगितामा प्रथम,द्वितिय र तृतिय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाईपनि मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।

विद्यार्थीहरुले कराँते,विज्ञान प्रदर्शनी लगाएत तीन दर्जन बढि नृत्य प्रस्तुत गरेका थिए ।सहायक प्रधानाध्यापक दिपक लम्सालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक गंगा पन्थी र भरत डिसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार