२०८१ चैत्र ३ गते आइतवार

दाङमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी, अभियुक्त प्रहरी नियन्त्रणमा



दाङ,२ फागुन ।

 शान्तिनगर गाउँपालिका-४, गब्डवा स्थित रानीवन जंगलमा एक १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ।

गत माघ ३० गते बिहान करिब साढे ६ बजेतिर शानतिनगर गाउँपालिका-४ जुम्लेकुलाका २२ वर्षीय चन्द्र प्रसाद नाथले बालिकालाई पछाडिबाट घाँटी समातेर धम्क्याउँदै जंगलमा लगी बलात्कार गरेको पिडितकाे आरोप रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पीडित बालिकाकी आमाले घटना भएकाे एकदिन पछि मात्रै हिजाे(बिहीबार)  इलाका प्रहरी कार्यालय तुलसीपुरमा लिखित उजुरी दिनुभएकाे थियाे । जाहेरी दर्ता भएलगत्तै प्रहरी निरीक्षक विनोद राज खत्री नेतृत्वको टोलीले अभियुक्त नाथलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ।

बालिका जबरजस्तीकरणीको अभियोगमा पक्राउ परेका नाथलाई अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार