२०८१ चैत्र ३ गते आइतवार

शान्तिनगरमा  झुन्डिएको अवस्थामा युवककाे शव फेला



 दाङ,२ फागुन ।

  शान्तिनगर गाउँपालिका-२, अमुवामा एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन्। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सुर्य रानाका   अनुसार इन्द्र बहादुर अधिकारीका २५ वर्षीय छोरा लिलाधर अधिकारीको शव घरबाट करिब १५ मिटर टाढा भीमलको बुटोमा झुन्डिएको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार आज(शुक्रबार) साँझ पाैने ६ बजेतिर मृतककी आमा तिलसरा डाँगी अधिकारीले छोरालाई भीमलको रुखमा प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा देख्नुभएकाे थियाे। उहाँले तत्कालै डोरी खोलेर भुइँमा सुताए पनि अधिकारीको मृत्यु भइसकेको थियो।

घटनाबारे जानकारी पाएपछि स्थानीयबासी र प्रहरी घटनास्थलमा पुगेका थिए। प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलको अवस्था हेर्दा आत्महत्याको आशंका गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण खुलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार