२०८३ बैशाख ४ गते शुक्रवार

प्रजातन्त्र दिवसमा जेसीजले गर्‍यो बक्तृत्वकला प्रतियोगिता



तुलसीपुर,७ फागुन ।
तुलसीपुर नगर जेसीजले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

आज बुधबार एक कार्यक्रमको आयोजना गरी जेसीजले प्रजातन्त्र सुदृढिकरणमा युवाको भुमिका विषयमा अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा ज्ञानज्योति मावीका विनोद केसी प्रथम हुनुभएको छ । यस्तै गोर्खा माविका सन्दिप ओली द्धितिय, तुलसी आवासीय माविका लक्ष्मी हमाल तृतिय र अश्वरा माविका पुजा केसी सान्त्वना हुनुभएको छ । प्रतियोगितामा तुलसीपुर क्षेत्रमा रहेका संस्थागत र सामुदायीक गरी १३ वटा विद्यालयको सहभागिता रहेको थियो ।

जेसीज वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यतामा बक्तृत्वकला प्रतियोगिता भएको हो ।

प्रतियोगितामा जेसीजका पूर्व अध्यक्ष झरेन्द्र खरेल, दिपेश भण्डारी, निर्वतमान अध्यक्ष पुर्ण बहादुर डाँगी, शालिकराम ओली, कार्यकारी उपाध्यक्ष केशवराज न्यौपाने, कोषाध्यक्ष शैलेन्द्र कुमार ओली लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण महासचिव वुद्धिराज सापकोटाले गरेको जेसीज वर्ष २०२५ का प्रवक्ता सागर न्यौपानेले जानकारी दिनुभएको छ

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार