
दाङ, १७ फाल्गुण। नेपाल आयल निगमले पेट्रोलकाे मुल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहान १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रूपैयाँले घटाएकाे छ । यस्तै पेट्रोलको मूल्य भने यथावत कायम गरिएको छ।
मूल्य घटेसँगैं डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ५२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५४ र तेस्रो वर्गका लागि १ सय ५५ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।
नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
निगमको सञ्चालक समितिले आज बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेकाे हाे ।