२०८२ बैशाख ८ गते सोमवार

डिभाइन मन्टेश्वरीको नवौँ वार्षिकोत्सव



दाङ, १७ फागुन ।तुलसीपुरमा रहेको डिभाइन मन्टेश्वरीले शनिबार नवौँ वार्षिकोत्सव कार्यक्रम गरेको छ । विद्यालयका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश न्यौपानेको अध्यक्षता तथा राष्ट्रिय समाचार समिति (रासस) तुलसीपुरका प्रमुख नारायणी रजौरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रजौरेले शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै बालबालिकालाई व्यवहारिक ज्ञान प्रदान गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले विद्यालयले शैक्षिक गतिविधिमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

यस्तै महिला अधिकारकर्मी शुष्मा गिरीले दक्ष जनशक्ति उत्पादनमा डिभाइनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । यस्तै भाइस प्रिन्सिपल महेश लामिछानेले अभिभावक र विद्यार्थीको विश्वास बढ्दै गएकोले डिभाइन एजुकेशन फाण्उडेशनद्वारा संचालित डिभाइन मन्टेश्वरीको उचाई बढेको बताउनुभयो ।

प्रिन्सिपल बिन्दु खनाल न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको सुजाता डाँगीले गर्नुभएको हो । त्यस अवसरमा विभिन्न नृत्य तथा साँस्कृतिक कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार