२०८२ बैशाख ८ गते सोमवार

भुवन भुसाललाई मतदान किन गर्ने ?



तुलसीपुर,२५ फागुन । भुवन भुसाल तुलसीपुर उपमहानगरपालिका-७, श्रीगै निवासी हुन् । वि.सं. २०३९ साल असोज १० गते जोगलाल भुषाल र पार्वता भुषालको कोखबाट जन्मिएका उनी साधारण कृषक परिवारमा हुर्किएका एक समाजसेवी युवा हुन् । बाल्यकालदेखि नै सामाजिक कार्यमा रुचि राख्ने भुषाल पढाइलाई भन्दा समाज सेवामा बढी केन्द्रित भए । प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनले समाज सुधार र जनकल्याणका क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन् ।

भुषालको समाजसेवाको भावना बाल्यकालमै उजागर भयो । विद्यालय जीवनमा नै उनले साथीभाइलाई सहयोग पु¥याउने, आवश्यक परेमा आफ्नो खाजा खर्च कटौती गरेर अरूलाई मद्दत गर्ने गर्थे । साथीहरूको दुःखसुखमा उनी सधैं अगाडि सर्ने, समस्या समाधानका उपायहरू खोज्ने प्रयास गर्थे । यो नै समाजसेवाको लागि उनको प्रारम्भिक अभ्यास थियो ।

समाजसेवाको भावना राख्दै भुषालले व्यापार र राजनीतिक यात्रालाई पनि सँगै अघि बढाएका छन्। उनी विभिन्न संघसंस्थामा आबद्ध छन्, जसले गर्दा उनको अनुभव र पहुँच अझै फराकिलो बनेको छ । विशेष गरी, कोरोना महामारीको समयमा उनले उल्लेखनीय भूमिका खेले ।

जब सबै मानिसहरू आफ्नो ज्यानको चिन्तामा थिए, भुषालले समाजका दुःखी, गरिब, अप्ठ्यारोमा परेकाहरूको सेवामा आफूलाई समर्पित गरे । उनले खाद्यान्न, स्वास्थ्य सामग्री, अक्सिजन जस्ता आवश्यक सहयोगहरू सुनिश्चित गरे । अक्सिजनको अभाव हुँदा उनले आफ्नै निजी गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्दै गाउँ-गाउँसम्म अक्सिजन पु¥याए । महामारीको कठिन समयमा भोकमरीले कोही पनि पीडित नहोस् भन्ने उनको अठोटले धेरैको जीवन बचायो ।

भुषालले समाजको हरेक वर्गका लागि सहयोग गर्दै आएका छन्। कुनै घरमा कसैको मृत्यु भएमा उनी निःशुल्क रूपमा शववाहन सेवा प्रदान गर्छन् । गाउँघरमा विभिन्न समस्या उत्पन्न हुँदा उनी तुरुन्त समाधान खोज्ने प्रयास गर्छन ्। समाजसेवाको यो निरन्तर यात्राले उनलाई धेरै स्थानीय बासिन्दाको मन जित्न सफल बनाएको छ ।

विद्यालय शिक्षा केवल व्यक्तिगत उन्नतिको लागि मात्र नभई समाज विकासको लागि पनि महत्वपूर्ण हुन्छ भन्ने बुझेर उनले विभिन्न विद्यालयहरूमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई हरेक वर्ष बुवाआमाको सम्झनामा झोला, कपी, कलम लगायतका आवश्यक शैक्षिक सामग्री वितरण गर्दै आएका छन् । उनका लागि समाजसेवा केवल प्रचारको माध्यम होइन, बरु वास्तविक परिवर्तन ल्याउने अभियान हो ।

भुषाल विभिन्न संघसंस्थामा आवद्ध रहेर समाजसेवा गर्दै आएका छन् । उनी नेपाल राष्ट्रिय यातायात महासंघका केन्द्रिय सदस्य, राप्ती यातायात मालवाहक प्रा।लि। दाङमा अध्यक्ष तथा दाङ अटो प्रा.लिका संचालक हुन् । संस्थागत अनुभवका कारण उनी व्यवस्थापकीय क्षेत्रमा समेत दक्ष मानिन्छन् ।

भुषाल अहिले तुलसीपुर खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको सचिव पदका लागि उम्मेदवार छन् । संयुक्त लोकतान्त्रिक प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका उनले स्वच्छ खानेपानीको सुनिश्चितताका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रको विकासका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य भएकोले आफूले उम्मेदवारी दिएको भुषाल बताउँछन् । खानेपानी हरेक नागरिकको जीवनका लागि आधारभूत आवश्यकता हो, र त्यसलाई स्वच्छ, सुरक्षित, र पर्याप्त मात्रामा उपलब्ध गराउनु उनको प्रमुख उद्देश्य हो ।

हाल तुलसीपुरमा खानेपानी वितरणमुखी मात्र बनेको छ, तर यसको मूख्य मुहानको सुनिश्चितता नहुँदा उपभोक्ताहरू समस्यामा परिरहेका छन् ।

धारा जडान भए पनि पानीको आपूर्ति अनियमित छ, धेरैजसो धाराबाट हावा मात्र आउने, तर पानी नआउने गुनासो व्यापक रूपमा उठिरहेको छ ।

यसको प्रत्यक्ष असर उपभोक्ताहरूको अत्यधिक बिल आउने समस्यामा देखिन्छ । यी समस्याहरूको व्यवस्थित रूपमा समाधान गर्नका लागि उनले उम्मेदवारी दिएका छन् ।

खानेपानी पाइप जडानका क्रममा सडकमा खनिएका खाल्डाखुल्डी समयमा नपुरिँदा दुर्घटनाको जोखिम बढेको छ । यस्ता काम तत्काल सम्पन्न गर्नुपर्ने भए पनि लापरबाही हुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको छ । उनले आफू विजयी भएमा सडक खनिएको केही घण्टाभित्रै पुनः व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, खानेपानी संस्थाको निर्वाचनमा एउटै व्यक्ति बारम्बार दोहोरिँदा आर्थिक अपारदर्शिता र अनियमितताका आशंका जन्मिएको छ । संस्थामा आर्थिक पारदर्शिता र सुशासन कायम गर्न उनले सचिव पदमा उम्मेदवारी दिएका छन् ।

विशेषतः म आवद्ध पार्टी नेकपा एमालेको नेतृत्वमा संघीय, प्रदेश र स्थानीय सरकार रहेकोले संस्थाका लागि आवश्यक पर्ने बजेट विनियोजनमा सहजता ल्याउने प्रतिवद्धता जनाएकोले मैले सचिव पदमा उम्मेद्धारी दिएको बताउदै भुषालले सम्पूर्ण उपभोक्ताहरुलाई मतदान गरि विजयी गराउन अनुरोध गरेका छन् ।
मुख्य प्रतिवद्धताः
खानेपानीको मुहान सुरक्षित गर्ने,वितरण प्रणालीमा पारदर्शिता ल्याउने,बिलिङ प्रणाली सुधार गर्ने.सडक खनिएकै दिनपुनः मर्मत गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने रहेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार