
दाङ, २७ फागुन । राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनका लागि नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघ दुई चिरामा विभाजन भएको छ ।
स्ववियू सभापतिका लागि नेविसंघका लेखमणी खत्री (लक्ष्मण) र प्रमोद भण्डारीले उम्मेदवारी दिनुभएको छ ।
नेविसंघको केहि तप्कासहित लक्ष्मणलाई अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, अनेरास्ववियु विप्लव, लगायतका विद्यार्थी सङ्गठनको समर्थन रहेको छ । नेविसंघले प्रमोद भण्डारीलाई अघि सारेको छ ।
त्यसैगरी लक्ष्मण नेतृत्वको संयुक्त प्यानलबाट सचिवमा सोनिया थापा, कोषाध्यक्षमा तिलक राज डाँगी, प्रत्यक्ष तर्फ नेव बहादुर भण्डारी, कवि सेन, प्रेम केसी, दिलीप शर्मा, अनिता खडका र तुलसीराम भण्डारीले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी समानुपातिक तर्फ हेमन्त प्रकाश वली, मनोज रावत, भद्र बहादुर खत्री, पूर्णिमा बस्नेत, जनार्दन वली, देव बहादुर वली, प्रमोद नेपाली, कमल कडेल, संकल्प बस्नेत, सुरज कुमार बुढाथोकी, राजु बिक, सुमन भण्डारी र ओद बहादुर भण्डारीले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी भण्डारीको नेतृत्वको नेविसंघबाट सचिवमा टोप बहादुर वली र कोषाध्यक्षमा शिक्षा नेपालीले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी स्वतन्त्रबाट कृष्ण केसी(डेभिड खत्री)र कोमल बहादुर वली(केबि वली)ले स्ववियु सभापतिको पदमा उम्मेदवारी दिनुभएको छ ।
मतदाताको नामावली उपर दाबी विरोधका लागि बुधबार (फाल्गुन २८ गते) बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म समय तोकिएको छ।
२१ सदस्यका लागि चैत्र ५ हुन लागेको स्ववियु निर्वाचनका लागि ३ हजार ४ सय १४ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक दीपक पौडेलले जानकारी दिनुभयो ।
सभापति, सचिव, कोषाध्यक्ष र ८ जना सदस्यका लागि प्रत्यक्ष निर्वाचन र १० जना समानुपातिक प्राणालीबाट आउने संयोजक पौडेलले बताउनुभयो ।