२०८२ बैशाख ८ गते सोमवार

सगरमाथा स्कुलमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न



दाङ,२ चैत । तुल्सीपुर-९ बेलुवामा रहेको सगरमाथा स्कुलले आज अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलको अध्यक्षता तथा प्रमुख प्रशिक्षक प्रतीक्षा गौतमकाे प्रमुख आतिथ्यतामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएकाे छ।

प्रमुख प्रशिक्षक गौतमले बालबालिकाको पहिलो पाठशाला घर र पहिलो गुरु अभिभावक भएकाले अभिभावकहरू चनाखो हुनुपर्ने कुरामा जोड दिनुभयो।

 बालबालिकालाई कुनै पनि नियममा राख्दा त्यो आफूबाटै लागू गर्नुपर्ने उहाँले बताउनुभयो।

पछिल्लो समयमा अभिभावकहरूले भनेको बच्चाहरूले नमान्ने, नटेर्ने, अटेरी गर्ने तथा बिग्रिंदै गएका गुनासाहरू विद्यालयमा आइरहेको उल्लेख गर्दै,अभिभावक शिक्षा आजको आवश्यकता भएको महसुस गरी  कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल छविकुमार वलीले जानकारी दिनुभयो।

 अभिभावकहरूले अभिमुखिकरण कार्यक्रममा सिकेका कुराहरू व्यवहारमा लागू गर्न सके मात्र छोराछोरीको भविष्य सोचेजस्तै हुने कुरामा विश्वस्त रहेको बताउनुभयो।

अभिभावक सीताचन्द डांगीले भन्नुभयाे-´´कतिपय कुराहरू सही हो भनेर गर्दागर्दै गलत गरिरहेका रहेछौं, आजको अभिभावक शिक्षा कार्यक्रमले हाम्रो आँखा खोलिदिएको छ। हामी हर्षित छौं,”।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न  नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका भाइस प्रिन्सिपल केशर बुढाथोकीले ‘बुवाआमा’ शीर्षकको कविता वाचन गर्नुभएकाे थियाे।

विद्यालयका शैक्षिक संयाेजक तिलक डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नुभएकाे हाे ।

सो अभिभावक शिक्षा कार्यक्रममा करिब ३०० अभिभावकको सहभागिता रहेको थियाे ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार