२०८२ बैशाख ८ गते सोमवार

पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घट्यो



दाङ,२ चैत। नेपाल आयल निगमले पेट्रोल र डिजेलकाे मुल्य  घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार  बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ले घटाएको छ। यस्तै डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँले घटाएकाे छ ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रति लिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रति लिटर १६२ रूपैयाँ र तेस्रो वर्गका लागि प्रति लिटर १६३ रूपैयाँ कायम गरिएको छ।

यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि  एक सय ५० र तेस्रो वर्गका लागि  १ सय ५१ कायम भएको छ । इन्डियन आयल कर्पाेरेसनबाट इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको जनाएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

 

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार