२०८२ बैशाख ८ गते सोमवार

पिस पायनर अब डिभाइन एजुकेसन फाउन्डेसनमा गाभियो



दाङ, २ चैत । दाङको तुलसीपुरमा सञ्चालित पिस पायनर इंलिस मोडेल स्कुल डिभाइन एजुकेशन फाउण्डेशनमा गाभिएको छ । तुलसीपुर-६ मा रहेको पिस पायनर इङ्ग्‌िलस मोडेल स्कुलले अब डिभाइन पाठशालाका रूपमा निरन्तरता पाउने भएको हो ।

डिभाइन टेम्पल एजुकेसन फाउन्डेसनका सिइओ भोजराज न्यौपानेले पिस पाइनर डिभाइनसंग गाभिएसंगै डिभाइन पाठशालाका रुपमा संचालन आउने बताउनुभयो ।

विद्यालयले शनिबार २२ औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री एवं प्रदेशसभा सदस्य धनबहादुर मास्कीले विद्यालयले अब विद्यार्थीका लागि व्यवहारिक शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालयले प्राविधिक धारका विषय पढाउनुपर्ने बताउनुभयो ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारीले कक्षा १२ पास गरिसकेपछि विदेश जाने प्रवृतिको अन्त्य गर्नका लागि शैक्षिक संस्था र राज्यको ध्यान जानुपर्ने बताउनुभयो ।

डिभाइन एजुकेसन फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण महेश लामिछानेले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार