
काठमाडौँ,११ चैत । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको जानकारी भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले जानकारी दिनभयाे।
मन्त्री अधिकारीका अनुसार आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको हो।
घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक उनलाई स्पष्टीकरण सोधेको थियो। पाँचौँ पटक घिसिङले केही दिनअघि मात्रै ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण दिएका थिए।
प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार