
दाङ,१८ चैत। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले मङ्गलबार बिहान १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ले घटाएको हाे।
मूल्य घटेसँगै डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रति लिटर १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रति लिटर १४८ रूपैयाँ र तेस्रो वर्गका लागि प्रति लिटर १४९ रूपैयाँ कायम गरिएको छ।
पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।
इन्डियन आयल कर्पाेरेसनबाट इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको जनाएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।
नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।