
दाङ, २ बैशाख । पछिल्लो समय पर्यटकिय गन्तव्य बन्न थालेको तुलसीपुर-११ मा रहेको मोतिपुर बबई नदिमा संचालित डुंगा संचालनमा जिल्ला प्रशासन कार्यालय दाङले रोक लगाएको छ ।
प्रशासनले आज एक सुचना जारी गरी आवश्यक प्रक्रिया पूरा नगरेका कारण बन्द गर्न यसअघि मौखिम निर्देशन दिएको र अटेर गरेपछि लिखित सूचना जारी गरेको जनाएको छ । प्रक्रिया पुरा नगर्दासम्म डुंगा नचलाउन प्रशासनले निर्देशन जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मंगलबार जारी गर्नुभएको सूचनामार्फत पर्यटन विभागबाट प्रचलित कानुन बमोजिम अनुमति नलिएर अवैधरुपमा डुंगा संचालन भएको उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारीले नितिगत प्रक्रिया पूरा गर्न समेत डुंगा संचालकलाई निर्देशन दिनुभएको छ ।
नदिलाई थुनेर डुंगा संचालन हुँदा स्थानीय किसानको पानी सिंचाईमा असर पुगेको, नजिकै रहेको झोलुंगे पुलमा भिडभाड हुँदा पुल जोखिममा परेको लगाएका कारण स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३(क) अधिकार प्रयोग गरी बन्द गर्न आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।