
दाङ,२ बैशाख। नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले बुधबार बिहान १ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले डिजेल,पेट्रोल र मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ ले मूल्य घटाएको हाे।
मूल्य घटेसँगै पेट्रोल पहिलाे वर्गका लागि १५७ रुपैयाँ ५० पैसा कायम भएकाे छ । दोस्रो वर्गका लागि १५९ र तेस्रो वर्गका लागि १६० रुपैयाँ कायम भएको छ।
डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रति लिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रति लिटर १४५ रूपैयाँ र तेस्रो वर्गका लागि प्रति लिटर १४६ रूपैयाँ कायम गरिएको छ।
इन्डियन आयल कर्पाेरेसनबाट इन्धनको मूल्य घटेर आएकाले नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको जनाएको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।
नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ ।