
दाङ, १८ बैशाख । तुलसीपुरमा एक नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहागरपालिका वडा नम्बर १४ को बेलन्ने डाँडा नजिकैको बबई नदि छेउको नर्सरीमा अन्दाजी ९ महिनाको नवजात शिशुको शब फेला परेको हो ।
स्थानीय यज्ञ बहादुर घर्तीका अनुसार बुधबार दिउँसो स्थानीयले शिशुको शव गाडेको अवस्थामा नर्सरीमा फेला पारेका हुन् । नर्सरीमा गाडेको शब कुकुरले निकाल्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
कुकुरले शिशुको एउटा हातसमेत खाइसकेको अवस्थामा स्थानीयले फेला पारेको अध्यक्ष घर्तीले बताउनुभयो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले शिशु कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।
प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार