२०८२ जेष्ठ १० गते शनिवार

तुलसीपुरमा धारिलो हतियार प्रहारबाट एक व्यक्ति गम्भिर घाइते



दाङ, १९ बैशाख । तुलसीपुरमा दिनदहाडै धारिलो हतियार प्रहारबाट एक व्यक्ति गम्भिर घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-६ स्थित हिमाल बोर्डिङ स्कुल नजिकै शुक्रबार बिहान धारिलो हतियार (खुँडा) प्रहारबाट तुलसीपुर-६ रजौराका ३७ वर्षीय बिशेष श्रेष्ठ गम्भिर घाइते हुनुभएको छ ।

श्रेष्ठलाई तुलसीपुर-४ रक्षाचौरका अन्दाजी १९ वर्षिय सुरेश सुनारले एक्कासी खुँडा प्रहार गरेको प्रहरीले जनाएको छ । खुँडा प्रहारबाट श्रेष्ठको बाँया कुम र दुबै हातको पाखुरामा चोट लागेको छ ।

श्रेष्ठलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती लाइफ केयर अस्पताल, मोतिपुर दाङमा रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनुभयो ।

खुँडा प्रहार गर्ने व्यक्ति भने घटनापछि फरार छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार