२०८२ मङ्सिर २३ गते मङ्गलवार

तुलसीपुरका यी क्षेत्रमा आज आउँदैन दिनभर लाइन



दाङ, २० बैशाख । तुलसीपुरसहित पश्चिम दाङमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार शनिबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तुलसीपुरसहित पश्चिम दाङमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

हापुरेदेखि अस्वारा हुँदै तुलसीपुरसम्मको ३३ केभि लाइन अन्तर्गतका तुलसीपुर उपमहानगरपालिका सम्पूर्ण स्थान र दंगिशरण, बबई र शान्तिनगर गाउँपालिकाका केहि स्थानमा विद्यतु सेवा पूर्णरुपमा विद्यतु अवरुद्ध हुने केन्द्रले जनाएको छ।

प्राधिकरणका अनुसार काम निर्धारित समय अगावै सकिएमा विद्युत निर्धारित समयभन्दा अगाडी सूचारु हुनेछ

प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार