२०८२ फाल्गुन २३ गते शनिवार

दाङमा सात वर्षीय बालिकामाथि जबरजस्ती करणी,१६ वर्षीय किशोर पक्राउ



दाङ,३० बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–४, हलवारमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरिएको आरोपमा १६ वर्षीय किशोर(तुलसीपुर ५६) पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाका अनुसार, बैशाख २७ गते दिउँसो करिब १ बजे खेल्न गएकी बालिका (तुलसीपुर ५६)लाई चाउचाउ खान दिन्छु भन्दै सोही स्थानका १६ वर्षीय किशोरले आफ्नै घरमा लगेर कोठाभित्र जबरजस्ती करणी गरेका थिए। बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेको हो।

जाहेरी प्राप्त भएलगत्तै प्रहरीले ती किशोरलाई साेमबार(हिजाे) किशाेरलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ। दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर हाल अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

बालिकाको स्वास्थ्य परीक्षण गरिसकिएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार