२०८२ कार्तिक २९ गते शनिवार

पेट्रोल,डिजेल र मट्टीतेलको मुल्य घट्याे



दाङ,२ जेठ। नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टीतेलको  मुल्य  घटाएको छ।  निगम सञ्चालक समितिको बैठकले आज(शुक्रबार)  बिहान १ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य घटाएको हाे।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज,भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५४ रूपैयाँ ५० पैसा र डिजेल-मट्टीतेलको १३९ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ र डिजेल-मट्टीतेलको १४१ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५७ रूपैयाँ तथा डिजेल–मट्टीतेलको १४२ रूपैयाँ पर्नेछ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार