२०८२ असार २७ गते शुक्रवार

दाङमा चोरीको आरोपमा ६ जना पक्राउ



दाङ, १५ जेठ । दाङमा चोरीको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँच जना बालबालिका र एक जना सुनचाँदी पसलका सञ्चालक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी कविराज रोकायाका अनुसार पक्राउ पर्ने बालबालिकामध्ये चार जना १४ वर्षका र एक जना १६ वर्षका रहेका छन् । चोरीको सामान किन्ने राहुल सुनचाँदी पसल लमहीका पसल सञ्चालक गुल्मी बलेटक्सार गाउँपालिका–४ घर भई हाल गढवा गाउँपालिका-७ का ३० वर्षका देव बहादुर बिक रहेको सूचना अधिकारी रोकायले जानकारी दिनुभयो ।

२०८१ चैत २३ गते राप्ती गाँउपालिका-७ बडका सिसहनियाका तारा गौतमले कोठाको दराज भित्र रहेको काचो सुन र सुनका गहना गरी अन्दाजी २० तोला सुन, एचपि कम्पनीको एक थान ल्यापटप चोरी भएको भनि दाङ प्रहरीमा निवेदन दिनुभएको थियो ।

उक्त निवेदनको आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा २०८२ जेठ ११ गते चार जना किशोरी र एक जना किशारलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी रोकायले जानकारी दिनुभयो । सोधपुछमा उनीहरूले चोरी गरेका गहना ‘राहुल सुनचाँदी पसल’मा बिक्री गरेको स्वीकारेको उहाँले बताउनुभयो ।

सुनचाँदी पसल खानतलासी गर्दा प्रहरीले ८ तोला १४ लाल ४ प्वाईन्टका बिभिन्न तयारी गर गहनाहरु, २ तोला ६० लाल ८ प्वाइन्ट का पुरना स्वरुप परिवर्तन गर्दै गरेका सुनका टुक्रा तथा कुच्चाएको सुन, २ तोला ४२ लाल तामाको डण्डि सहितको पंचरत्न बाला, नौ तोला ९० लालको ममला र कपडा सहितको सुनको छड्के तिलहरी बरामद गरेको छ ।

यस्तै भारतिय नोट पाँच सयकोे ७५ थान ३७ हजार पाँचसय, नेपाली नोट ९० हजार, सुन तौल गर्ने डिजिटल मेशिन एक थान, सुन गलाउने पम्प दुई थान फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथी थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बिहिवार