
दाङ,१७ जेठ। नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टीतेलको मुल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले भाेली(आईतवार) बिहान १ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर १ रुपैयाँले मूल्य बढाएको हाे।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज,भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा र डिजेल-मट्टीतेलको १४० रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ र डिजेल-मट्टीतेलको १४२ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५९ रूपैयाँ तथा डिजेल-मट्टीतेलको १४३ रूपैयाँ पर्नेछ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर तीन रूपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौंकाे लागि प्रति किलोमिटर अमेरिकी डलर २२ ले घटाइएकाे छ।