२०८३ बैशाख ४ गते शुक्रवार

सगरमाथा स्कुलको शुभकामना आदानप्रदान



तुलसीपुर, २५ चैत ।
सगरमाथा बालबाटिका इंलिस बोर्डिङ स्कुलले आइतबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विद्यालयले तुलसीपुर-७ स्थित राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा नयाँ वर्ष २०८१ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

विद्यालयका शिक्षक र पत्रकार बिचमा शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम गरिएको विद्यालयका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक छविकुमार वलीको अध्यक्षता विद्यालयका अध्यक्ष तथा सिइओ यमकान्त खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा विद्यालयका अध्यक्ष खरेलले विद्यार्थीलाई संस्कारसहितको शिक्षामा विद्यालयले जोड दिएको बताउनुभयो ।

उहाँले पछिल्लो समय विद्यालयले गुणस्तरिय शिक्षासंगै संस्कारसहितको शिक्षा दिन थालेपछि अभिभावकको आर्कषण बढेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक वलीले विद्यालयले शिक्षासंगै अतिरिक्त क्रियाकलापमा जोड दिएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार