तुलसीपुर, २० जेठ ।
तुलसीपुरमा दिनानुदिन मोटरसाइकल चोरीका घट्ना बढ्न थालेका छन् । तुलसीपुर बजारकाे मुख्य चाेक विरेन्द्र चाेक देखि पुर्वउत्तर आदर्शनगर टाेल(विएसएस पार्टी प्यालेस) नजिकैबाट रा ८ प २११९ नम्बरको टु-ट्वान्टी पल्सर मोटरसाइकल चोरी भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आदर्शनगरका ललित गुप्ताकाे रातो-कालो रंगको मोटरसाइकल आज (आईतबार) राति पाैने ८ बजेकाे समयमा चाेरी भएकाे हाे ।
मोटरसाइकल धनि गुप्ताले तुलसीपुरकाे विपि चाेकमा न्यु नेपाल सुनचाँदि पसल सञ्चालन गर्दै आउनुभएकाे छ । उहाँका अनुसार पसल बन्द गरेर राति साढे ७ बजे घरमा पुग्नु भएकाे थियाे । घर अगाडीकाे बाटाेमा लक लगाएर राखेकाे माेटरसाइकल पार्किङ गरेको १५ मिनेटमै चोरी भएको उहाँले जानकारी दिनुभयाे ।
´साँझ पसल बन्द गरेर घर जान माेटरसाइकल लिएर हिँडेकाे थिए`-´उहाँले भन्नुभयाे बाईक बाटाेमा पार्किङ गरेर घर भित्र गए १५ मिनेटपछि भित्र राख्नुपर्याे भनेर बाहिर लिन जाँदा त माेटरसाइकल नै थिएन लक ताेडेर चाेरी भएछ` ।
माेटरसाइकल चाेरी भएकाे विषयमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा समेत जानकारी गराइसकेकाे गुप्ताले जानकारी दिनुभयाे ।
पछिल्लाे समय तुलसीपुर सहित दाङ जिल्लाभर माेटरसाइकल चाेरीका घट्ना बढ्न थालेका छन्। तुलसीपुरमा मात्रै गत बैशाख २१ गते तुलसीपुर-६ मोतिनगरका कमल भुसालको पनि टु-ट्वान्टी पल्सर तुलसीपुर उपमहानगरपालिका नजिकै रहेकाे पार्क क्याफेकाे अगाडि पार्किङ गरेकाे एक मिनेटमै चाेरी भएकाे थियाे ।
यस्तै तुलसीपुर-६ शिखरकोलनीका आशिष गौतमको मोटरसाइकल पनि गएकाे चैत १५ गते आइडल बोर्डिङ स्कूलको प्रांगण बाहिर पार्किङ गरिराखेको अवस्थामा चाेरी भएकाे थियाे ।

