२०८३ बैशाख १८ गते शुक्रवार

फेरि घट्याे पेट्रोलियम पदार्थको मुल्य



दाङ, १५ भदौ  ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले भोली बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैँया घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ६२ र तेस्रो वर्गका लागि रु एक सय ६३ कायम भएको छ ।

डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५१ रुपैयाँ ५० पैसा, एक सय ५३ रुपैयाँ र एक सय ५४ रुपैयाँ रहेको छ ।

यस्तै आन्तरिक  हवाई इन्धनतर्फ प्रतिलिटर ५ र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलो लिटर ३७ ले घटाई  बिक्री मुल्य कायम गरिएकाे छ । जसअनुसार आन्तरिक हवाई इन्धनकाे प्रतिलिटर एक सय ३२,काठमाडौं अन्तर्राष्ट्रिय  हवाई इन्धनकाे प्रती किलो लिटर अमेरिकि डलर एक हजार ५ ,पाेखरा र भैरहवा अन्तर्राष्ट्रिय  हवाई इन्धनकाे प्रती किलो लिटर अमेरिक डलर नाै सय ५  कायम गरिएको छ ।

यस्तै खाना पकाउने एल.पि ग्यासको मुल्यमा प्रतिसिलिन्डर ३५ रूपैयाँ ११ पैसाले बढेर आएपनि अहिलेलाई पुरानै बिक्री मुल्य यथावत्  राखिएकाे निगमले जनाएकाे छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।

नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार