२०८२ चैत्र २० गते शुक्रवार

तुलसीपुरमा ठुलाे आवाजमा चलाउने माेटरसाईकल धमाधम कारबाहीमा 



दाङ, २३ असोज ।
तुलसीपुर बजार क्षेत्रमा ध्वनि प्रदूषण गरी चलाउने १२ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेकाे छ । ध्वनि प्रदूषण बढाउने बुलेट मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही सुरू गरेकाे ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

हिजो तुलसीपुर क्षेत्रको विभिन्न चोकमा खटिएको प्रहरी टोलीले मोटरसाइकलको साइलेन्सर चेक गर्दै मोटरसाइकललाई पक्राउ गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख महेन्द्र चन्दले जानकारी दिनुभयो ।

हिजो कारबाहीमा परेका मोटरसाइकललाई ट्राफिक जरिवाना गरी छोडिएको प्रमुख चन्दले बताउनुभयो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्दका अनुसार प्रती मोटरसाइकल पाँच सयका दरले कारबाहीबाट ६ हजार रुपैंया राजस्व संकलन भएको छ । ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न प्रहरीले चेकिङ कार्यलाई निरन्तरता दिने प्रमुख चन्दले बताउनुभयो ॥

 

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार