तुलसीपुर, ७ मंसिर ।
तुलसीपुरको एकमात्र खेल मैदानको रुपमा रहेको अरनिको मैदानलाई संरक्षण र भौतिक पुर्बाधार निर्माण गर्न तुलसीपुर उद्योग बाणिज्य संघले पहल थाल्ने भएको छ।
दशकौ देखि बिकासको पर्खाईमा रहेको अरनिको मैदानमा आबश्यक पुर्बाधार निर्माण गर्न स्थानिय सरकारका रुपमा रहेको तुलसीपुर उपमहानगरपालिका संग सहकार्य गरेर अघिबढने निर्णय भएको बाणिज्य संघका अध्यक्ष बिनिल केसिले जानकारी दिनुभयो। “खेल क्षेत्रमा मेरो पनि रुचि छ बिभिन्न कार्यक्रममा म आफै गएर बोलेको पनि छु,” अध्यक्ष केसिले बाणिज्य संघको बैठकमा भन्नुभयो।
शुक्रबार बिहान बसेको तुलसीपुर उद्योग बाणिज्य संघको बैठकले खेलाडिहरुलाई समस्या भैरहेको भन्दै तत्काल अरणिको मैदानमा आबश्यक पर्ने शौचालय, स्टेज र चेनजिङरुम निर्माण गर्न पहल थाल्न महासचिब केशबराज केसिलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

सो अबसरमा बोल्ने बक्ताहरुले तुलसीपुर क्षेत्रको ब्यबसायिक सुरक्षा, सामाजिक बिकास, बिस्तार र सरसफाईमा सहकार्य गर्दै आईरहेको बाणिज्य संघले अरनिको मैदान संरक्षणमा चासो लिनु आफैमा खुसिको कुरा भएको बताएका छन्।
सो अबसरमा निबर्तमान अध्यक्ष रामप्रसाद चालिसे, पुर्ब अध्यक्षहरु बिमल रिजाल, बिरु रावत, ब्यबसायिहरु होताराम आचार्य, उपाध्यक्ष नरेशराज भण्डारी, प्रेस सल्लाहकार शरद रेग्मी लगायतले ब्यबसायिहरुका भैपरि आउने समस्याहरुलाई समाधान गर्न आबश्यक तालिम, छलफल तथा परामर्शहरुलाई थप शसक्त पार्नुपर्ने बताएका थिए।
बैठकमा कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिबेदन र महासचिब केशबराज केसिले हाल सम्म संस्थाले गरेका गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो।

