२०८२ चैत्र २० गते शुक्रवार

तुलसीपुर-१२ मा रहेको नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन



दाङ, २९ मंसिर ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ रझेनामा रहेकोे आधारभुत स्वास्थ सेवा केन्द्रको नबनिर्मित भवनको उद्घाटन गरिएको छ ।

आज शनिबार एक कार्यक्रमको आयोजना गरी भवनको उद्घाटन गरिएको हो । तुलसीपुर-१२ का अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धन बहादुर मास्किको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो ।

प्रमुख अतिथि मास्कीले आफु प्रदेशमा अर्थमन्त्री हुँदा स्वास्थ्य क्षेत्रको लागि बजेट विनियोजन गरेको बताउनुभयो । स्वास्थ्य भवन निर्माणका लागि प्रदेश सरकारबाट १८ लाख बजेट विनियोजन भएको तर, विभिन्न कारणहरूले यसको कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र रहेको भन्दै तिनै तहका सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

साथै, उहाँले राजनीतिक दलहरुलाई पश्चिम दाङको विकासका लागि राजनीति नगर्न आग्रह गर्नुभयो । नगर प्रमुख टिकाराम खड्काले स्वास्थ्य केन्द्रले नागरिकहरुलाई गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो । स्वास्थ्य केन्द्रमा आवश्यक सामाग्रीको अभाव भएमा पालिका सरकारले उपलब्ध गराउने उहाँको भनाई छ ।

अध्यक्ष चाधरीले उहाँले नगरको ७ लाख वडाबाट ५ लाख थप गरेर १२ लाखको लागतमा भवन निर्माण गरिएको बताउनुभयो । उहाँले वडाको आफ्नै स्वास्थ्य केन्द्र स्थापना भएपछि नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

आगामी दिनमा स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । त्यसको लागि कार्यपालिक बैठकबाट निणर्य भइसकेको र भवनको आवश्यकता रहेको उहाँको भनाई छ । उहाँले भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने जग्गादाता अन्जय बहादुर शाहलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

महिला नेत्री सुश्मा गिरि लामिछानेले महिलाहरुलाई प्रसुति सेवा नगर स्वास्थ्य केन्द्रबाटै लिन सहज हुने बताउनुभयो । सुरक्षीत प्रसुति सेवा, मातृत्व सेवा र नेपाल सरकारले उपलब्ध गराउदै आएको औषधिहरु उपलब्ध गराउन स्वास्थ्य केन्द्रर्ले ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले गुणस्तरीय सेवा प्रवाहमा वडा सरकारले पनि चासो दिनुपर्ने बताउनुभयो । वडा सचीब गणेश कुमार आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण आधारभूत स्वास्थ्य सेव केन्द्रका इन्चार्ज मोहन पौडेलले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार