दाङ, १६ पुस ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले भोली बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर २ रुपैँयाले बढाएको हो ।
मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ६२ र तेस्रो वर्गका लागि १ सय ६३ कायम भएको छ ।
डिजेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५० रुपैयाँ ५० पैसा, एक सय ५२ रुपैयाँ र एक सय ५३ रुपैयाँ रहेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।
नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमको सञ्चालक समितिले भोली बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

