तुलसीपुर, १२ माघ ।
राप्ती बाल एकेडमी तुलसीपुरले १६ औं वार्षिकोत्सव तथा अभिभावक भेला गरेको छ । विद्यालयले आज (शनिबार) विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा बोल्ने वक्ताहरूले कला,संस्कृति संगै नेपालीको पहिचान हराउँदै गएकोले विद्यार्थीहरुलाई नैतिकता र अनुशासनमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । शिक्षा शैक्षिक प्रमाणपत्र मात्र नभई नैतिक शिक्षा र भविष्यको योजना समेत रहेकाले अभिभावक र विद्यालय दुवै पक्ष जिम्मेवार रहनुपर्ने बताएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार पाण्डेको अध्यक्षता तथा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। राप्ती बाल एकेडमीले शिक्षा,संस्कार र संस्कृतिलाई जोडेरअहिलेको आवश्यक्ता अनुसारको शिक्षा प्रदान गरिरहेको प्रमुख अतिथि डाँगीले बताउनुभयो ।
शिक्षा र संस्कृतिÞ समाजका वास्तविक मूल्य र परम्परामा निहित रहेकाले विद्यालय र अभिभावकको साझेदारीमा मात्रै
एक जिम्मेवार र संवेदनशील जनशक्ती उत्पादन गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्धे, मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय उपसभापति शुसिल बस्नेत, सामाजिक अभियन्ता विमल रिजाल, रामबहादुर जिसी लगाएतले शिक्षा र संस्कृति कितावी ज्ञानर कक्षा कोठामा मात्र सिमित नभई विद्यार्थीको दैनिक व्यवहार र क्रियाकलापमा समावेश हुनुपर्ने बताउनुभयो । बार्षिकोत्सवमा चर्चित लोकदोहोरी गायक गोविन्द मधुर आचार्य तथा हाँस्य कलाकार कमल गाँउलेको प्रस्तुतीमा अभिभावक र विद्यार्थीहरू झुमेका थिए।
विद्यालयका संस्थापक प्रधानाध्यापक सुर्यप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीमा राखेका थिए। विद्यालयमा विभिन्न समयमा अध्ययनरत नेपाल सरकारका विभिन्न पदहरूमा सेवारत रहेका विद्यार्थी र अभिभावकहरूलाई सम्मान गरिएको छ।
त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो भने विद्यार्थीले नृत्य, गीत, खेलहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद डाँगीले गर्नुभएको हो।

