तुलसीपुर,१२ माघ ।
मेरिगोल्ड बोर्डिङ स्कुल तुलसीपुरले आज(शनिबार) २८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । विद्यालयका प्रधानाध्यापक बासुदेव रिजालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
वडा अध्यक्ष जिसिले विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै सिर्जनशीलता र नैतिक शिक्षामा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विद्यार्थीको चौतर्फी विकासले नै असल शिक्षाको महत्व दर्शाउने उल्लेख गर्नुभयो । विद्यार्थीलाई सिर्जनशील,अनुशासित र समाजोपयोगी नागरिक बनाउन विद्यालयको भूमिका महत्वपूर्ण हुने शिक्षा अधिकृत मन बहादुर खड्काले बताउनुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयमा अध्ययनरत तीन सय वढि विद्यार्थीहरुले विभिन्न सांस्कृर्तिक प्रस्तुतीहरु राखेका थिए । कार्यक्रमको आकर्षणको रूपमा राष्ट्रिय कलाकार चर्चित लोकदोहोरी गायक रामजी खाणलाई विद्यायालमा आमन्त्रण गरिएको थियो ।
लोक गाएक खाणको प्रस्तुतिमा विद्यार्थी,अभिभावक तथा अतिथिहरू रमाएका थिए । कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न शैक्षिक तथा विज्ञान सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो । छात्रा सृष्टि पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहयाक प्रधानाध्यापक सोमराज बस्नेत र शैक्षिक संयोजक रञ्जना रिजालले गर्नुभएको थियो।

