दाङ, १७ माघ।
गुरुकुल एकेडेमि तुलसीपुरले प्रथम बार्षिक उत्सव मनाएको छ । तुलसीपुर–६,रजौरामा रहेको बिद्यालयले पहिलो बार्षिकोत्सव आज एक भब्य समारोहका बिच मनाएको हो ।
गुरुकुल एकेडेमीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता तथा राष्ट्रिय सभाका पुर्व सदस्य कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वलीले शिक्षामा निजि क्षेत्रबाट सञ्चालित विद्यालयले गरिहेको शैक्षणिक कार्यले सफलता प्राप्त गर्दै गएको भन्दैे प्रशंसा गर्नुभयो ।
उहाँले विद्यालयले बिद्यार्थीलाई किताबी ज्ञानका साथै संस्कार र संस्कृर्तिमा जोड दिएपनि पर्याप्त नहुने भन्दै अभिभावकको साथ र सहयोग पनि उत्तिकै आबश्यक रहेको उहाँको भनाई छ ।
उँहाले आफ्ना बालबालीकाहरुलाई अनावश्यक रुपमा पढाको चाप दिन नहुने बताउनुभयो। गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले एयटा वालकलाई पुर्ण मानव बनाउने जुन लक्ष्य अनुसार संचालनमा ल्याइएको हो सोही लक्ष्य पुरा गर्ने गरी शिक्षासंगै संस्कार र संस्कृर्तिमा जोड दिएर अध्यापन गरिरहेकोे बताउनुभयो ।
विद्यालयमा अहिले कक्षा ९ सम्म पठनपाठन भैरहेको र आगामी शैक्षीक शत्रबाट कक्षा १० समेत सञ्चालन हुने प्रधानाध्यापक गिरीले जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा विद्यार्थि सहित गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डाक्टर कृष्णराज डिसि,एन प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपाने ,जेष्ठ नागरीक समुह दाङका सदस्य ललीत बहादुर वली लगायतले विद्यालयले छोटो समयमै शिक्षाका क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै खुशी व्यक्त गरेका थिए।
कार्यक्रममा बिद्यार्थिहरुले बिभिन्न पौराणिक नृत्य,बिज्ञान प्रदर्शनी,नाटक,गित,लगायत विभिन्न कला प्रस्तुत गरेका थिए ।
विद्यालय संयोजक चिन्तना धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षकहरु बासुदेब योगी,श्रृजना बोहोरा तथा विद्यार्थीहरु मार्शल वली र सिमरन सुनारले गर्नुभएको हो ।

