दाङ,२० माघ ।
तुलसीपुरका विभिन्न स्थानमा आजपनि विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका अनुसार आज तुलसीपुर क्षेत्रका केही स्थानहरूमा विद्युत अवरुद्ध हुने भएको हो ।
प्राधिकरणका अनुसार मानपुर(बिजौरी फिडर अन्तर्गतका स्थानहरूमा कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो। कन्डक्टर अपग्रेडको काम कार्यालयले गत शुक्रबारदेखि सुरु गरेको हो ।
बनकट्टा,कालाखोला र प्रसेनी आसपासका क्षेत्रहरूमा आज विद्युत सेवा अवरुद्ध हुने केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणले ग्राहकवर्गलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै निर्धारित समय अगावै काम सकिएमा विद्युत लाइन सुचारु गरिने जनाएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको प्रमुख गोशलीले बताउनुभयो ।

