दाङ । तुलसीपुरमा चार जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका ५ न्यूरोडस्थित मिलन गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीको कमाण्डमा खटिएको सात जनाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ का ३२ वर्षीय सुरेन्द्र मल्ल, तुलसीपुर–८ का ३१ वर्षीय लोकेन्द्र वली, सल्यान बागचौर–७ का ३२ वर्षीय राजेन्द्र पुन र मिलन गेष्ट हाउसका सञ्चालक ४९ वर्षीय कमानसिंह केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
उनीहरूबाट एक गड्डी तास र नगद ४३ हजार ८ सय ९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

