२०८१ साउन ५ गते आइतवार

दल दर्ताका लागि पेस भएका निवेदनबारे आजदेखि जाँचबुझ शुरु



दाङ, १ भदौ ।
निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ ।

आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन चाहने दललाई निर्वाचन आयोगले दर्ताको निवेदन दिन हिजोसम्मको समय दिएको थियो ।

आजदेखि भने दलको निवेदनमा आयोगले जाँचबुझ गर्न लागेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले  जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो अबेरसम्ममा ८४ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् । अब दलहरूले बुझाएका कागजातबारे अध्ययन गरेर दलहरूलाई दर्ताको लागि आयोगमा पेस गर्ने काम सुरु हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार