२०८१ मङ्सिर २३ गते आइतवार

प्रदेश सभा सदस्य पदमा उमेदवारी दिने माओवादी नेता भण्डारीको आकंक्षा



दाङ, १९ भदौ ।
नेकपा माओवादी केन्द्रका नेता शेषुुराम भण्डारीले आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रदेश सभा सदस्य पदमा उमेदवारी दिने बताउनुभएको छ । नेता भण्डारीले पाटीले टिकट दिएमा दाङको क्षेत्र नम्बर ३ को ‘क’ बाट प्रदेश सभा सदस्य पदमा उमेदवारी दिने बताउनुभएको हो ।

नेता भण्डारीले पाटीले टिकट दिएमा प्रदेश सभा सदस्य पदमा उमेदवार दिन आफु तयार रहेको बताउनुभयो । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत रहनुभएका नेता भण्डारीले राष्ट्रिय स्वाधिनताको लागि आफु निरन्तर लागिरहेको बताउनुभयो ।

तुलसीपुर-४ निवासी नेता भण्डारी लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएको छ । उहाँले तत्कालीन शाही सरकारले गरेको नगरसभा चुनावको बहिष्कारको नेतृत्वदेखि २०६२/२०६३ सालको राजनैतिक परिवर्तनमा समेत महत्वपूणर् भुमिका खेल्नुभएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार