दाङ, २३ भदौ ।
नेपाल समाजवादी पार्टी (नेसपा) दाङ जिल्ला कमिटी पुनर्गठन गरिएको छ । सुरेन्द्र प्रकाश चन्दको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा विकाश अग्रवाल र जिबराज पुन रहनुभएको छ । यस्तै सचिवमा गणेश पान्डे, सह-सचिवमा मान बहादुर डाँगी, कोषाध्यक्षमा लक्ष्मी सुवेदी रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा गिरीराज गरन्जा, शंकरमान बिष्ट,दिपक पोख्रेल, शान्ति शान्ति रिजाल, बिष्णु केसी,बामदेव भण्डारी, ईश्वर रिजाल, नारायण रिजाल, पदम भण्डारी, ईश्वर पौडेल, आईतराम कामी, टुकलाल भण्डारी, नारायण पोख्रेल, सरिता चौधरी, सीता बिक, हिरा घर्ती,लोकेन्द्र भण्डारी, जानकी न्यौपाने , मीन पौडेल र भिमा कुमारी भण्डारी रहनुभएको नेसपा दाङले जनाएको छ ।
पार्टी केन्द्रीय राजनिति समिती सदस्य तथा केन्द्रीय आर्थिक विभाग प्रमूख हरि रिजालको बिशेष उपस्थितिमा बसेको बैठकले जिल्ला कमिटी पुनर्गठन गरेको हो ।
यस्तै नेसपा दाङले नौ सदस्यीय सचिवालय समिती र पाँच सदस्यीय सल्लाहकार समिती गठन गरेको छ ।
यसैबिच आगामी मंसिर ४ मा हुने निर्वाचनको लागि निर्वाचन क्षेत्र नम्बर २ र ३ को लागि प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुमातिक तर्फका उमेदवारहरुको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर १ को पछि टुग्याउने निणर्य भएको छ । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ प्रकाश विष्टको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नम्बर ३ मा जिबराज पुनको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी २ (क) मा गणेश पाणडे २ (ख) मा बिकाश अग्रवाल, ३ (क) मा गिरिराज गरन्जा मगर ३ (ख) मा आईतराम कामीको नाम सिफारिस गरिएको छ । त्यसै गरी समानुपातिकतर्फ कुल बहादुर घर्ती, सुरेद्रप्रकाश चन्द, शान्ती रिजाल, ईश्वर पौडेल, शुष्मा बिक, बिरु गुरुङ र लक्ष्मी पाण्डे सुबेदीको नाम सिफारिस गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।