२०८१ मङ्सिर २४ गते सोमवार

खड्काको सम्झनामा एमालेद्वारा श्रद्धाञ्जली सभा



तुलसीपुर, २४ भदौ ।
तुलसीपुर-४ माथिल्लो हलवारमा  श्रद्धान्जली सभा गरिएको छ ।

एमालेका संगठित सदस्य उर्मिला दाहालको सासुआमा रामकली खड्काको १३ औं दिनको स्मृतिमा नेकपा एमाले तुलसीपुर-४ को वडा कमिटीले श्रद्धान्जली सभा गरेको हो ।

आयोजित सभामा एमाले जिल्ला कमिटी सदस्य भिम योगिले जन्म र मृत्यु प्राकृतिक नियम भएको बताउनुभयो । उहाँले स्वर्गीय खडकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घरपरिवारप्रति समबेदना व्यक्त गर्नुभयो ।

तुलसीपुर-२ का वडा अध्यक्ष समेत रहनुभएका योगिले स्वर्गीय खडकाले सामाजिक क्षेत्रमा महत्त्वपूणर् योगदान पुर्‍यायको चर्चा गर्नुभयो । वडा कमिटीका अध्यक्ष घन बहादुर पुनको अध्यक्षतामा श्रद्धान्जली सभा गरिएको हो ।

सभामा माथिल्लो हलवार टोल बिकास सस्थाका अध्यक्ष वसन्त पुन, पाटीका वडा ईन्चार्ज हेम बहादुर थापा लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभयो । स्वर्गीय खड्काका कान्छा छोरा कणर् खड्काले पारिवारिक अवस्थाबारे प्रकाश पार्नुभएको थियोे ।

सभाको सहजीकरण लक्ष्मण बिश्वकर्माले गर्नुभएको हो । स्वर्गीय खड्काको यहि भदौ १२ गते निधन भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र २४ गते शुक्रवार