तुलसीपुर,२९ असार । दाङमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ रनियापुरका नुरज परियारका छोरा २२ महिनाका एनिस परियारकोे मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घरभित्र खेलिरहेको अबस्थामा बालकलाई अपरान्ह साढे ४ बजेति सर्पले बाँया हातको हत्केलाको पछाडी पट्टीको भागमा सर्पले डसेको थियो ।
सर्पले डसेको थाहा पाएपछि परिवारले सवा ५ बजेतिर बालकलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
सर्पको टोकाइबाट गम्भिर बिरामी भएका बालकको उपचारको क्रममा साढे ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार

