
दाङ, १५ कार्तिक ।
निर्वाचनको मिति नजिकिदै जाँदा दल तथा उमेदवार घरदैलो अभियानलाई तिब्र बनाएका छन् । दाङको क्षेत्र नम्बर ३ मा पनि प्रतिनिधि सभा सदस्यका उमेदवार कोमल वली पनि मत माग्न घरदैलोमा पुगिरहनुभएको छ ।
नेकपा एमालेको तर्फबाट उमेदवारी दिनुभएका उमेदवार वलीले अहिले पश्चिम बबई गाउँपालिकाका मतदातासंग भेटघाट गरिरहनुभएको छ । उहाँले बबईका मतदातालाई विभिन्न प्रतिवद्धता गरिरहनुभएको छ ।
उहाँले बबई हापुरेदेखि गगटेसम्मको बाटो २५ करोडको ठेक्का परेको तर ठेकेदार बाट ढिलाइ भएको सरकार फेरिएपछि काम रोकिएको बताउनुभयो । उहाँले आफु निर्वाचित भएपछि यो कामलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।
यस्तै एक वर्षमा चोभरे बंचरे खोलामा पुल बन्ने दावि समेत गर्नुभएको छ । यस्तै ठोकुवा , बनचरिदेखि गगटेसम्म पर्ने विभिन्न खोलामा झोलुङ्गे पुल, केउरेनिबाट बबइ जोड्ने पुल , सडक, खानेपानी र बिजुलि जोड्ने काम गर्ने प्रतिवद्धता समेत गर्नुभएको छ । उहाँले सोमबार (आज) भांगावारी र गंगटेमा भेटघाट कार्यक्रम गर्नुभएको छ ।