२०८१ जेष्ठ ३१ गते बिहिवार

पश्चिम दाङको विकास गरिन भने म राजनीति छोड्छु : वली



दाङ, २८ कार्तिक ।
नेकपा एमाले क्षेत्र नम्बर ३ का उम्मेदवार कोमल वलीले पश्चिम क्षेत्रको विकास गर्न नसके राजनिती छोड्ने बताउनुभएको छ ।

बबई गाउँपालिकाको बगरपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार वलीले पश्चिम दाङको विकास गर्ने जिम्मेवारी आफुलाई प्राप्त हुने बताउनुभयो । उहाँले पश्चिम दाङको विकास नभए राजनीतिबाट अलग हुने बताउनुभयो ।

‘ म किसानको छोरी हो , यहि वर्गबाट दुख गर्दै यहासम्म आएको छोरी हो, त्यसैले नागरिकहरुको जीवनस्तर उकास्न र पश्चिम दाङको विकासका लागि म लागिपर्नेछु ’ उहाँले भन्नुभयो-‘पश्चिम दाङको विकास गरिन भने म राजनीति छोड्छु यो मेरो अठोट हो ।’

उहाँले बोलेरमात्र भन्दा पनि काम गरेर देखाउनुपर्ने बताउँदै नागरिकसंग गरिएका प्रतिवद्धता पुरा गर्न आफु निरन्तर लाग्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते सोमवार