२०८० फाल्गुन १७ गते बिहिवार

दाङ-३ प्रदेश सभा १ मा डिल्ली बहादुर चौधरी निर्वाचित



दाङ, ८ मंसिर ।
नेपाली कांग्रेसका नेता डिल्ली बहादुर चौधरीलाई प्रदेश सांसदमा दोस्रो सफलता मिलेको छ । गठबन्धनका साझा उमेदवार चौधरीले दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट दोस्रो पटक निर्वाचित हुनुभएको हो ।

चौधरीले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतान्तरले पछि पार्दै प्रदेश सांसदमा जित हासिल गर्नुभएको हो ।

चौधरीले १९ हजार ८५० मत प्राप्त गर्नुभएको छ भने एमालेका केन्द्रिय सदस्य पाण्डेले १४ हजार ४५० मत प्राप्त गर्नुभएको हो । चौधरी यसअघि पनि २०७४ सालको निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो ।

प्रदेशसभा सदस्यमा निर्वाचित चौधरी लुम्बिनी प्रदेश ग्रामिण, पर्यटन तथा सहरी विकास मन्त्री हुनुहुन्छ भने पराजित पाण्डे तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर हुनुहुन्छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार