२०८१ जेष्ठ ३१ गते बिहिवार

सातौँ अधिवेशनबाट दलित सेवा संघ दाङको नयाँ कार्यसमिति चयन



दाङ, १५ मंसिर ।
दलित सेवा संघ दाङको नयाँ कार्य समिति चयन गरिएको छ । संघको बिहिबार (आज) भएको सातौँ जिल्ला अधिवेशनले लिला विकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा निम बहादुर सुनार, सचिबमा सन्तोष चनारा, कोषाध्यक्षमा किरण विक, सह-सचिवमा तेज बहादुर विक चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा जानकी विक, छवि परियार , देउकला विक, रामबहादुर नेपाली, उमलाल विक, धुर्ब शेर्पाइली, जिवनी विक र रत्ना विक चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन अवसरमा दलित महिला संघ दाङका अध्यक्ष युबा करारा, दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र बिक लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको हो । कार्यक्रमको सहजीकरण सन्तोष चनाराले गर्नु भएको संघले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार