२०८१ असार १ गते शुक्रवार

नगरप्रमुख खड्काको माघिका अवसरमा शुभकामना



तुलसीपुर, १ माघ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङ्क्रान्तिका अवसरमा सम्पूणर् सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले माघी पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार