२०८१ चैत्र ३ गते आइतवार

झुलेनी सेवा समाजले गर्यो रक्तदान



तुलसीपुर, १६ माघ ।
झुलेनी सेवा समाज नेपाल दाङले आफ्नो स्थापना दिवस तथा शहिद दिवसको अवसर पारेर रक्तदान गरेको छ ।

दिवसको अवसरमा समाजले सोमबार तुलसीपुरमा रक्तदान गरेको हो । कालिकादेवी रक्तसञ्चार केन्द्र तुलसीपुरमा भएको कार्यक्रममा ९ जनाले रक्तदान गरेका छन् । रगतको अभावमा कसैको पनि ज्यान जाने अवस्था र्सिजना नहोस् भनी रक्तदान गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष गोबिन्दराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अन्य दान भन्दा पनि रक्तदान गर्नु सयौं गुणा पुण्य काम भएको बताएका छन् ।

त्यस अवसरमा गोविन्दराज भण्डारी, ऋषिराज भण्डारी, देवराज भण्डारी, विजय सुबेदी, विमल भण्डारी, फर्साराम भण्डारी, खुविराम भण्डारी, त्रिभुवन भुसाल र दीपक पोख्रेलले रक्तदान गर्नुभएको हो ।

समाजका सचिव दुर्गा प्रसाद भण्डारीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सदस्य भीमलाल मरासिनी, समाजका उपाध्यक्ष सुरज भण्डारी लगायतले मन्तब्य राख्नुभएको हो ।

सामाजिक सेवा र समुदायलाई एकताको सुत्रमा बाध्ने मूल उद्देश्य सहित स्थापना भएको संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार