२०८० फाल्गुन १७ गते बिहिवार

गढवा बहुमुखी क्याम्पसको सभापतिमा इबराज यादव विजयी



दाङ, ६ चैत ।

दाङको गढवा बहुमुखी क्याम्पस गढवाको स्ववियु सभापतिमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका इबराज यादव निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा यादव ६३ मत प्राप्त गरी विजयी भएका हुन् भने प्रतिद्वन्द्वी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ र मोहन वैद्य निकट अखिल क्रान्तिकारीका विशाल यादवले ४ मत प्राप्त गरेका छन् ।

सचिवमा एकीकृत समाजवादी निकट अनेरास्ववियुकी पुष्पा खड्का निर्वाचित भएकी छिन् । उनले ७० मत प्राप्त गरेकी छिन् भने अखिल छैठौंकी पुष्पा धितालले ३८ मत प्राप्त गरेकी छिन् । कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने नेपाल विद्यार्थी संघका सुदीप बुढाथोकीले ३१ मत प्राप्त गरेका थिए ।

सदस्यमा नेविसंघबाट टिका चौधरी र यमुना सुवेदी तथा अखिल छैठौंबाट मनिषा उपाध्यय निर्वाचित भएका छन् । क्याम्पसमा १७९ मतदातामध्ये ११३ मत खसेको निर्वाचन अधिकृत ठाकुर खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार