२०८१ जेष्ठ ३१ गते बिहिवार

नवनिर्वाचित उपराष्ट्रपति यादवको शपथ ग्रहण आज



काठमाण्डौ,६ चैत ।
नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा शपथ लिनुलाग्नु भएको हो ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा ३० हजार ३२८ मतभार प्राप्त गरी निर्वाचित हुनुभएको थियो।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार