
देउखुरी, ६ चैत ।
देउखुरी बहुमुखी क्याम्पसमा स्ववियूमा अखिल संयुक्तको प्यानल बिजयी भएको छ । सभापतिमा ४ सय ५४ मत प्राप्त गरी भरत भुषाल निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धि नेवि संघका शिशिर वलीले ३ सय १९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै सचिमा विकास भट्टराईले ४सय २० मत प्राप्त गरी बिजयी हुनुभएको छ । यस्तै कोषाध्यक्षमा ३ सय ८३ मत प्राप्त गरी विशाल पौडेल निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा मोनिका बुढामगर, उर्मिला चौधरी, निर्मला खनाल, बिना पोखरेल, पुष्पा पोखरेल, पवन वली र राहुलदेव चौधरी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
कसको मत कति ?
प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार